चट्याङ लागेर महिलाको मृत्यु
आइतबार, ०२ वैशाख २०८१, १५ : ५८
काठमाडौँ । पर्वतको मोदी गाउँपालिका-१ भुकताङले मोहोरीया बस्ने ५८ वर्षीया प्रेम कुमारी शाहीको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । आफ्नै घरमा अचानक परेको चट्याङले लागेर गम्भीर घाइते भएकी उनको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
यता सुनसरीको बराहक्षेत्र नगरपालिका-६ जब्दी बस्ने सन्तोष तामाङकी छोरी २ वर्षीया पेमसाङ तामाङको सोही ठाउँस्थित पैनीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनलाई उद्धार गरी उपचारको लागि स्थानीय बराहक्षेत्र नगर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण