आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर महिलाको मृत्यु

आइतबार, ०२ वैशाख २०८१, १५ : ५८
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । पर्वतको मोदी गाउँपालिका-१ भुकताङले मोहोरीया बस्ने ५८ वर्षीया प्रेम कुमारी शाहीको चट्याङ लागेर शनिबार मृत्यु भएको  छ । आफ्नै घरमा अचानक परेको चट्याङले लागेर गम्भीर घाइते भएकी उनको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । 

यता सुनसरीको बराहक्षेत्र नगरपालिका-६ जब्दी बस्ने सन्तोष तामाङकी छोरी २ वर्षीया पेमसाङ तामाङको सोही ठाउँस्थित पैनीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनलाई उद्धार गरी उपचारको लागि स्थानीय बराहक्षेत्र नगर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप