अफगानिस्तानको अर्को क्षेत्रमा पनि बाढी, कम्तीमा ५० जनाको मृत्यु
आइतबार, ०६ जेठ २०८१, ०९ : २३
काबुल । अफगानिस्तानका अन्य क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन्।
भारी वर्षाका कारण पानीको सतह एक्कासि बढेको र धेरै मानिस बेपत्ता भएको अधिकारीहरूको भनाई छ । बाढीका कारण हजारौँ जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको अधिकारीहरूले जानकारी दिए ।
गत हप्ता अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो । अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ । अफगानिस्तानको ४ करोड जनसङ्ख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन् ।
अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना व्यक्त गरेको छ र यस सम्बन्धमा चेतावनी पनि जारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण