ललितपुर आगलागी : ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो
आइतबार, ०६ जेठ २०८१, ०९ : २०
काठमाडौँ । ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेर गम्भीर घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको छ । आगलागीमा परेर गम्भीर घाइते भएका गिरीको गएराति किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
किष्ट अस्पताल नजिकैको टहरामा आगलागीमा परेर गम्भीर घाइते भएका सञ्जयको श्रीमती रुपा गिरी र दुई छोरी ३ बर्सिया प्रिया गिरी र ८ बर्सिया एलिशा गिरीले यसअघि ज्यान गुमाएका थिए ।
रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए । मोबिल स्टोरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।
यस घटनामा घाइते भएका १५ वर्षीय मित गिरीको भने किष्ट अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण