मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल

हैदराबाद र बैंगलुरुको खेलमा रन वर्षा : कस्ता-कस्ता कीर्तिमान बने ?

मङ्गलबार, ०४ वैशाख २०८१, ०९ : ४७
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु सनराइजर्स हैदराबादसँग २५ रनले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ८७ रन बनायो । टोलीले यसअघि गत २७ मार्चमा मुम्बई इन्डियन्सविरुद्ध आफैले बनाएको २ सय ७७ रनको कीर्तिमान तोड्यो । 

जवाफी ब्याटिङमा उत्रेको बै‌ंगलुरुले ७ विकेटको क्षतिमा २ सय ६२ रन बनाए पनि हार टार्न सकेन । खेलमा  थुप्रै कीर्तिमानहरू भत्किए भने नयाँ कीर्तिमानहरू बने । यस्ता छन् खेलमा बनेका कीर्तिमानहरू :

  • २८७/३ – रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध सनराइजर्स हैदराबादले बनाएको स्कोर । आईपीएलको इतिहासमा यो सबैभन्दा उच्च स्कोर हो । तीन हप्ताअघि हैदराबादले नै मुम्बई इन्डियन्सविरुद्ध बनाएको ३ विकेटको क्षतिमा २ सय ७७ रनको कीर्तिमान तोडिएको हो ।
  • १ – पुरुष टी–२० खेलमा सनराइजर्स हैदाराबादले बनाएको स्कोरभन्दा पनि उच्च स्कोरको सङ्ख्या । यो स्कोरभन्दा बढी मात्र नेपालले एसियन्स गेम्समा मंगोलियाविरुद्ध ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको छ ।
  • ५४९ – सोमबार हैदराबाद र बैंगलुरुले चिन्नस्वामी रंगशालामा बनाएको कूल रन । कुनै पनि टी–२० खेलमा बनेको यो सबैभन्दा धेरै रन हो । यसअघि हैदराबादमा हैदराबाद र मुम्बईको खेलमा ५ सय २३ रन बनेको थियो ।
  • २२ – हैदराबादका ब्याटरले बैंगलुरुविरुद्ध हिर्काएको छक्काको सङ्ख्या । कुनै पनि आईपीएलको इनिङ्समा प्रहार गरिएको सबैभन्दा धेरै छक्का हो । यसअघि बैंगलुरुले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध २१ वटा छक्का प्रहार गरेको थियो ।

dinesh kartik

  • ३८ – सोमबारको खेलमा प्रहार गरिएको कूल छक्काको सङ्ख्या । कुनै पनि टी–२० खेलमा हिर्काएको सबैभन्दा धेरै छक्काको कीर्तिमान बराबरी भएको हो  । यसअघि यही सिजन हैदराबाद र मुम्बईविरुद्धको खेलमा यो रेकर्ड बनेको थियो ।
  • ८१ – दुवै टोलीले सोमबार हिर्काएको बाउन्ड्रीको सङ्ख्या । कुनै पनि टी–२० खेलमा हिर्काइएको सबैभन्दा धेरै बाउन्ड्रीको कीर्तिमान बराबरी भएको छ । यसअघि सन् २०२३ मा सेन्चुरियनमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्धको खेलमा यो कीर्तिमान कायम भएको थियो ।
  • २६२/७ – बैंगलुरुले हैदराबादविरुद्ध बनाएको रन कुनै पनि टोलीले टी–२० खेलमा हार्दा बनाएको सबैभन्दा उच्च स्कोर हो । यसअघि सन् २०२३ मा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध सेन्चुरियनमा ५ विकेटको क्षतिमा २ सय ५८ रन बनाएको थियो ।
  • ३९ – ट्राभिस हेडलाई शतक बनाउन लागेको बलको सङ्ख्या । आईपीएलको इतिहासमा यो चौथो चाँडो शतक थियो । क्रिस गेलले सन् २०१३ मा पुणेविरुद्ध यही मैदानमा ३० बलमा कीर्तिमानी शतक हिर्काएका थिए ।

travis head

हेडले बनाएको शतक हैदराबादको लागि भने सबैभन्दा चाँडो हो । यसअघि डेविड वार्नरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध ४३ बलमा शतक बनाएका थिए ।

  • १ – आईपीएलमा हैदराबाद एक पटकभन्दा बढी २५० प्लस रन बनाउने पहिलो टोली बन्यो । लगत्तै बैंगलुरु पनि दोस्रो टोली बन्यो । टी–२० मा सर्रे (३), योर्कसायर (२), चेक रिपब्लिक (२) र सोमरसेट (२)  एक पटकभन्दा बढी २ सय ५० प्लस रन बनाउने टोली हुन् ।
  • ४ – हैदराबादविरुद्ध बैंगलुरुका चार जना तीव्र गतिका बलरले ५० वा सोभन्दा बढी रन खर्चिए । रिस टोप्लीले ६८ रन, यश दयालले ५१ रन, लोकी फर्गुसनले ५२ रन र विजयकुमार भिसाकले ६४ रन खर्चिएका थिए । कुनै पनि पुरुष टी–२० खेलमा चारजना बलरले एकै इनिङ्समा ५० वा सोभन्दा रन खर्चिएको यो पहिलो अवसर थियो । यसअघि एकै इनिङ्समा दुई जनाभन्दा बढी बलरहरूले यति धेरै रन खर्चिएका थिएनन् ।

virat kohli

  • ४ – हैदराबादको इनिङ्समा भएको ५० वा सोभन्दा बढी रनको साझेदारी । ओपनरहरुले शतकीय साझेदारी गरेका थिए । एउटै टी–२० इनिङ्समा चारवटा ५० वा सोभन्दा बढी रनको साझेदारी भएको यो दोस्रो अवसर हो । यसअघि सन् २००८ मा कोलाकाताले बैंगलुरुविरुद्ध नै यो उपलब्धि हासिल गरेको थियो ।
  • ७ – सोमबार बैंगलुरुमा भएका ५० वा सोभन्दा बढी रनका साझेदारी । यसअघि कुनै पनि टी–२० खेलमा ५ वटाभन्दा बढी यस्तो साझेदारी भएको थिएन ।
  • १३ – बैंगलुरुविरुद्ध आईपीएलमा बनाइएको शतकको सङ्ख्या । कुनै पनि टोलीविरुद्ध आईपीएलमा बनेका सबैभन्दा धेरै शतक हो । दोस्रो स्थानमा १२ वटा शतकसहित मुम्बई छ ।

hydrabad

  • ७६ – हैदराबादले पावरप्लेमा बनाएको रनको सङ्ख्या । आईपीएलको इतिहासमा प्वारप्लेमा उनीहरूले बनाएको तेस्रो ठुलो स्कोर हो । यसअघि उनीहरूले मुम्बईविरुद्ध ८१ र चेन्नईविरुद्ध ७७ रन बनाएका थिए । एउटै आईपीएल सिजनमा पावरप्लेमा ७५ रनभन्दा बढी बनाउने हैदराबाद एक्लो टोली हो ।
  • १४.६ – हैदराबादलाई २ सय रन बनाउन लागेको ओभरको सङ्ख्या । आईपीएलमा यो तेस्रो चाँडो हो । यसअघि मुम्बईविरुद्ध हैदराबादले नै १४.४ ओभरमा २ सय रन पूरा गरेको थियो । सबैभन्दा चाँडो २ सय रन बनाएको कीर्तिमान भने बैंगलुरुको नाममा छ । बैंगलुरुले आफ्नै घरेलु मैदानमा किंग्स इलेभेन पञ्जाबविरुद्ध सन् २०१६ मा १५ ओभरको खेलमा १४.१ ओभरमा २ सय रन पूरा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप