मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक र सामाजिक परिवर्तन आवश्यक : नेता सिंह

बुधबार, ०५ वैशाख २०८१, २१ : ३६
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१५ वडा एकाइले बुधबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन जरुरी छ भने ।

“कांग्रेसले विभिन्न समयमा मुलुकमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गरेको छ, अब राजनीतिक र आर्थिक विकासको नेतृत्व कांग्रेसले गर्नुपर्छ”, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप