सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
शुक्रबार, ०७ वैशाख २०८१, २० : १०

दमास्कस । सिरियामा इस्लामिक स्टेट (आइएस)ले मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकार अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ ।
‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार मध्य प्रान्त होम्सको पूर्वमा रहेको मरुभूमि क्षेत्रमा एउटा सैन्य बसलाई लक्षित गरी मध्यम र भारी मेशिनगनले आक्रमण गरिएको र आक्रमणमा सरकार समर्थक लडाकु ‘अल–कुद्स ब्रिगेड’का २२ जनाको मृत्यु भएको हो ।
पूर्वी सिरियाको अल–बुकामाल सहरको ग्रामीण इलाकामा रहेको सिरियाली सेनाको मुख्यालयमा इस्लामिक स्टेट (आइएस) लडाकू समूहले गरेको अर्को आक्रमणमा परी छ सिरियाली सैनिकको मृत्यु भएको छ ।
सिरियाको मरुभूमिमा यस वर्षको सुरुदेखि अहिलेसम्म ३२९ जनाको मृत्यु भएको उक्त संस्थाले जनाएको छ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति
-
उपनिवेश विरुद्ध सँगै लडेका गरेका भारत र पाकिस्तान जुध्नु हुँदैन
-
भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति
-
भारतले भन्यो– अब कुनै स्थल र हवाई आक्रमण हुँदैन
-
युद्धविराममा सहमति जनाउँदै भारत र पाकिस्तानले ‘दूरदर्शिता’ देखाए : अमेरिका
-
पाकिस्तानका विदेशमन्त्रीले भने, ‘तत्काल लागू हुने गरी युद्धविराममा सहमति भयो’