तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
शनिबार, ०८ वैशाख २०८१, १८ : ३८
काठमाडौँ । अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् । शनिवार काठमाडौँको माइतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गरेका हुन् ।
यसअघि आफूसँग गरिएका माग पूरा गर्न तीन हप्ताको समय दिएको पनि बताए। उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको ‘अल्टिमेटम’ दिँदै तीन हप्ताभित्र नागरिक अधिकारको पुनर्स्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय, पीडकलाई सजाय र कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरूलाई कारबाही गर्न माग गरे ।
उच्च शिक्षा सम्बन्धी ऐन तत्काल पारित गर्न र सबै सम्झौताहरू कार्यान्वयन नभए सत्याग्रहमा बस्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण