सरकारलाई आजपाको सचेतनापत्र, माग पूरा नभए वैशाख २० देखि भन्सार घेराउ
काठमाडौँ । आम जनता पार्टी (आजपा)ले भन्सार कानुनबाट पुरस्कारको प्रावधान हटाउन माग गर्दै बुधवार सरकारलाई सचेतनापत्र बुझाएको छ । पार्टी निकट आम सम्पर्क मञ्चले बुधवार भन्सार विभाग मार्फत सरकारलाई सचेतना पत्र बुझाएको अध्यक्ष प्रभु साहले जानकारी दिए ।
भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन र भन्सारको नाममा निजी सम्पत्ति दोहन गर्ने काम तत्काल बन्द गर्न लगायतका मागसहित सरकारलाई सचेतना पत्र बुझाइएको उनको भनाइ छ ।
सचेतनापत्र बुझाउन आजपाको वरिष्ठ उपाध्यक्ष एवं सभासद तिलक थापाको नेतृत्वमा सम्पर्क मञ्चका नेताहरूको टोली विभाग पुगेको थियो । मञ्चद्वारा राखिएका मागहरूको सम्बोधन नभए वैशाख २० गते देखि भन्सार विभाग घेराउ गरिने आजपाले स्पष्ट गरेको छ ।
गत वर्षदेखि नै आजपाले भन्सार कानुनमा रहेको पुरस्कारको प्रावधान हटाउन माग गर्दै आएको छ ।‘यसरी हामीले देशको राजस्वसँग सम्बन्धित तथा सीमा क्षेत्रको जनताको भाग्य भविष्यसँग जोडिएको समस्याको समाधानका लागि विगत ८ महिनादेखि लगातार आन्दोलन मार्फत विषय उठाई राख्दा सरकार के गरिरहेको छ ? हामी जान्न आतुर छौँ। अहिलेको २१ औँ शताब्दीको कानुनी शासनको लोकतान्त्रिक युगमा जनताको सरोकार एंव देशको समृद्धिसंग जोडिएको यस्तो विषयमा सरकार मौन बस्नु दुःखद हो ’, आजपाको सचेतनापत्रमा भनिएको छ ।
अहिले देशमा बदलिएको सत्ता समीकरण सहितको विकसित परिस्थितिमा सरकारले पार्टीको मागहरूको सम्बोधन गर्नेमा आफूहरू आशावादी रहेको आजपाको भनाइ छ । आजपा भन्सार कानुन सुधार संघर्ष समितिकी संयोजक रन्जु कुमारी साहका अनुसार सचेतनापत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण