सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई आजपाको सचेतनापत्र, माग पूरा नभए वैशाख २० देखि भन्सार घेराउ

बुधबार, १२ वैशाख २०८१, १४ : ५६
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा)ले भन्सार कानुनबाट पुरस्कारको प्रावधान हटाउन माग गर्दै बुधवार सरकारलाई सचेतनापत्र  बुझाएको छ ।  पार्टी निकट आम सम्पर्क मञ्चले बुधवार भन्सार विभाग मार्फत सरकारलाई सचेतना पत्र बुझाएको अध्यक्ष प्रभु साहले जानकारी दिए । 

 भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन र भन्सारको नाममा निजी सम्पत्ति दोहन गर्ने काम  तत्काल बन्द गर्न लगायतका मागसहित सरकारलाई सचेतना पत्र बुझाइएको उनको भनाइ छ । 

सचेतनापत्र बुझाउन आजपाको वरिष्ठ उपाध्यक्ष एवं सभासद तिलक थापाको नेतृत्वमा सम्पर्क मञ्चका नेताहरूको टोली विभाग पुगेको थियो । मञ्चद्वारा राखिएका मागहरूको सम्बोधन नभए वैशाख २० गते देखि भन्सार विभाग घेराउ गरिने आजपाले स्पष्ट गरेको छ । 

गत वर्षदेखि नै आजपाले भन्सार कानुनमा रहेको पुरस्कारको प्रावधान हटाउन माग गर्दै आएको छ ।‘यसरी हामीले देशको राजस्वसँग सम्बन्धित तथा सीमा क्षेत्रको जनताको भाग्य भविष्यसँग जोडिएको समस्याको समाधानका लागि विगत ८ महिनादेखि लगातार आन्दोलन  मार्फत विषय उठाई राख्दा सरकार के गरिरहेको छ ? हामी जान्न आतुर छौँ। अहिलेको २१ औँ शताब्दीको कानुनी शासनको लोकतान्त्रिक युगमा जनताको सरोकार एंव देशको समृद्धिसंग जोडिएको यस्तो विषयमा सरकार मौन बस्नु दुःखद हो ’, आजपाको सचेतनापत्रमा भनिएको छ । 

अहिले देशमा बदलिएको सत्ता समीकरण सहितको विकसित परिस्थितिमा सरकारले पार्टीको मागहरूको सम्बोधन गर्नेमा आफूहरू आशावादी रहेको आजपाको भनाइ छ । आजपा  भन्सार कानुन सुधार संघर्ष समितिकी संयोजक रन्जु कुमारी साहका अनुसार सचेतनापत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई समेत गरिएको छ । 

f372b2a2-797a-4251-99aa-3c4de112ac9e

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप