सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन हाइड्रो एक्स्पोको तयारी सकियो, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

बुधबार, १२ वैशाख २०८१, १६ : १०
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०२४ को समुद्घाटनका लागि सबै तयारी पुरा भएको छ । आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले १२ देखि १४ गतेसम्म चल्ने हाइड्रो एक्सपोको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको औपचारिक रूपमा उद्घाटन गर्ने छन् । इप्पानका अध्यक्ष गणेश कार्कीले २ दिनसम्म चल्ने एक्सपोको सम्पूर्ण तयारी सकिएको र बिहीबार राष्ट्रपति पौडेलबाट उद्घाटन हुने जानकारी दिए ।

हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण वैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको छ । एक्स्पोमा एक दर्जन देशका ऊर्जा सम्बन्धी १०० भन्दा बढी स्टलहरू रहेका छन् । त्यस्तै विभिन्न ७ वटा प्राविधिक सत्रहरूमा पनि छलफल हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप