सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

बुधबार, १२ वैशाख २०८१, १७ : १५
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटा विरुद्धको रिटमा अन्तिम सुनुवाइ सुरु भएको छ । बुधबारबाट अन्तिम सुनुवाइ सुरु भएको सो मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासमा सो मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । अर्जुनपत्नी पूर्णिमायाले २०६९ मंसिर ७ मा सापकोटामाथि अनुसन्धान गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिट दायर भएसँगै विभिन्न कारणले सो मुद्दा सारिँदै आएको छ ।

१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, चाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । उनलाई तत्कालीन विद्रोही माओवादीले जिउँदै पुरेको पीडित परिवारको आरोप छ । पूर्णीमायाले २०६४ मा जाहेरी दिएपनि प्रहरीले जाहेरी नलिएपछि उनी अदालतमा पुगेकी थिइन् । सर्वोच्च अदालतले २२ फागुन २०६४ मा गरेको आदेश अनुसार जाहेरी दर्ता भए पनि मुद्दा तामेलीमा राखिएको छ ।

तामेलीमा राख्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अर्को आदेश गरेको छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा स`ञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षितलगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । सो मुद्दामा यही वैशाख २३ गते पेशी सुनुवाइ हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप