शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
बिहीबार, १३ वैशाख २०८१, १२ : ५१
काठमाडौँ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आज बिहीबारबाट नाटक ‘ए आई’को मञ्चन सुरु हुँदै छ । २२ गतेसम्म नियमित मञ्चन हुने नाटक पवित्रा खड्काले निर्देशन गरेकी छन् ।
गत वैशाख ३ गते एक सो मात्र मञ्चन भएको नाटक बिहीबारबाट नियमित मञ्चन हुन लागेको हो । नाटकमा कलाकारहरूले संवादविहीन शरीरको भाषा र शारीरिक हाउभाउ मार्फत नै दर्शकलाई कथा बुझाउनेछन् ।
करिब ४५ मिनेट लामो नाटक ‘ए आई’मा सुबेक्षा पनेरु, विशाल पुलामी, विजय ढुङ्गेल, विष्णु श्रेष्ठ, जयप्रकाश ताजपुरिया, निरञ्जन मगर, राजु खतिवडा, रमन श्रेष्ठ, सुमन राई र सुषान्त दाहालको अभिनय रहेको छ ।
संगीता उराँवको भेषभुसा, अनुप तिम्सिना र गोविन्द ओलीको सङ्गीत र प्रेम चन्द पाण्डेको प्रकाश संयोजन रहेको बैशाख २२ गतेसम्म मंगलबारबाहेक हरेक साँझ ५ः३० बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त सो सहित मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण