प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
शुक्रबार, १४ वैशाख २०८१, ०७ : ५२
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएको छ ।
यस प्रयोजनको लागि आगामी शनिबार, सोमबार र मंगलबार यस क्षेत्रका विभिन्न स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने बताइएको छ ।
सीतापाइला (कुलेश्वर वितरण केन्द्र) मा आगामी शनिबार, सोमबार र मंगलबार र इचड्गु फिडर र एलटी लाइन फिडर (बालाजु वितरण केन्द्र)मा आइतबार विद्युत् आपूर्ति प्रभावित हुने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस
-
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ