जसपा विभाजनपछि माओवादी महासचिव गुरुङको प्रतिक्रिया– सरकारलाई कुनै असर पर्दैन
आइतबार, २३ वैशाख २०८१, १८ : ३५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता घटक जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपनि सरकारलाई तत्काल असर नपर्ने बताएका छन् । दल विभाजन जसपाको आन्तरिक विषय भएपनि सरकारलाई हेर्ने विषममा पार्टी एकमत रहेको गुरुङको भनाइ छ ।
‘दल विभाजन उहाँहरूको आन्तरिक विषय हो । सरकारलाई हेर्ने विषयमा कुनै विवाद देखिएको छैन । समर्थन कायमै रहेकाले सरकारलाई तत्काल कुनै असर पर्दैन’, रातोपाटीसँग कुरा गर्दै महासचिव गुरुङले भने ।
उपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भएको बेला संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा दल विभाजन गरी निर्वाचन आयोगमा निवेदन दिएको छ । अशोक राई, नवलकिशोर साह, प्रदीप यादव, रञ्जु कुमारी झा, विरेन्द्र महतो, सुशिला श्रेष्ठ र हसिना खानले साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण