आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जसपा विभाजनपछि माओवादी महासचिव गुरुङको प्रतिक्रिया– सरकारलाई कुनै असर पर्दैन

आइतबार, २३ वैशाख २०८१, १८ : ३५
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता घटक जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपनि सरकारलाई तत्काल असर नपर्ने बताएका छन् । दल विभाजन जसपाको आन्तरिक विषय भएपनि सरकारलाई हेर्ने विषममा पार्टी एकमत रहेको गुरुङको भनाइ छ । 

‘दल विभाजन उहाँहरूको आन्तरिक विषय हो । सरकारलाई हेर्ने विषयमा कुनै विवाद देखिएको छैन । समर्थन कायमै रहेकाले सरकारलाई तत्काल कुनै असर पर्दैन’, रातोपाटीसँग कुरा गर्दै महासचिव गुरुङले भने । 

उपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भएको बेला संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा दल विभाजन गरी निर्वाचन आयोगमा निवेदन दिएको छ । अशोक राई, नवलकिशोर साह, प्रदीप यादव, रञ्जु कुमारी झा, विरेन्द्र महतो, सुशिला श्रेष्ठ र हसिना खानले साथ दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप