काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
काठमाडौँ । दोलखाको सैलुङ देशकै आकर्षक पर्यटकीय गन्तव्यस्थल बन्दै आएको छ । प्राकृतिक सुन्दरता, भौतिक पूर्वाधारको विकास, स्थानीय कला संस्कृति, रहनसहन, कला परम्परा र त्यस क्षेत्रका बासिन्दाको सक्रियताले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भइरहेको छ ।
काठमाडौँसहित देशका विभिन्न स्थानबाट सैलुङ भ्रमण गर्नेहरूको सङ्ख्या बढ्दो छ । यसरी भ्रमण गर्नेमा वर्तमान तथा पूर्व प्रशासक, व्यवसायी, साहित्यकार, कलाकार, पत्रकार, राजनीतिकर्मी एवम् समाजसेवी रहेका छन् ।
पछिल्लो समय भारत, चीन लगायतका देशबाट समेत पर्यटन आइरहेको बताउँछन् समाजसेवी शोभित उप्रेती । उप्रेतीकै पहलमा शुक्रबार काठमाडौँ वडा नम्बर ३१ का ६० जना ज्येष्ठ नागरिक सैलुङतर्फ लागेका छन् । त्यहाँ उनीहरूले विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने उप्रेतीले जानकारी दिए ।
सैलुङ भ्रमणमा जान पाउँदा ज्येष्ठ नागरिकहरूले प्रसन्नता व्यक्त गरेका छन् । ६० जनाको टोली शनिबार साँझ काठमाडौँ फर्कनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै सकस
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
-
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने
-
बीवाईडी एसिया प्यासिफिक सेल्स डिभिजनका महाप्रबन्धक जुलियाङको नेपाल भ्रमण सम्पन्न