सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा मनाइयो समलैंगिक दृश्यता दिवस

शुक्रबार, १४ वैशाख २०८१, १५ : ३२
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । पोखरामा समलैंगिक दृश्यता दिवस मनाइएको छ । मितिनी नेपालको आयोजनामा गण्डकी प्रदेशको पोखरामा दिवसको अवसरमा र्यालीको आयोजना गरिएको हो ।

र्याली पोखरा, लेकसाईड स्ट्रिट–२ बाट सुरु भई वाराही चोकमा चोकमा कोणसभामा परिणत भएको थियो । र्यालीमा विभिन्न प्रदेशका समलिङ्गी, द्धयलिंगी र क्वेर महिलाहरूका साथै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उपस्थिति थियो ।

Lesbian Rights are Human Rights ‘समलिङ्गी महिला पर्खँदैन, अधिकार नलिई फर्कँदैन,’ समलिङ्गी महिलामाथि हुने हिंसा अन्त्य गरौँ, ‘Love has no gender, Love is Love,’ जस्ता नाराहरू लगाइएको थियो । 

र्यालीलाई सम्बोधन गर्दै समलिङ्गी ज्येष्ठ महिला सुकमाया मगर र समुदायबाट कुसुम सुनुवार र कविता तामाङले समलिङ्गी महिला पनि महिला भित्रको विविधता भएको बताउँदै समलिङ्गी महिलाको पहिचान, प्रतिनिधित्व र पहुँचका लागि राज्यले विशेष सम्बोधन गर्नुपर्ने बताएका थिए ।

पोखरा महानगरपालिका, सामाजिक विकास शाखाकी विष्णुमाया पौडेलले राज्यको हरेक निकायमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पनि समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताइन् । आगामी नीति तथा कार्यक्रमहरू बनाउँदा, बजेट विनियोजनमा समुदायको सुझाव र सहयोग आवश्यक रहेको बताइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका मानव अधिकार अधिकृत खिमलाल सुवेदीले समुदायको मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि आयोग सदैव तयार रहेको बताए ।

मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले समुदायले विभिन्न किसिमको उत्सव मनाई रहँदा समलैंगिक दृश्यता दिवसले महत्त्वपूर्ण भूमिका खेलेको बताए । राष्ट्रिय मानवअधिकार आयोगले समुदायको विषयलाई गम्भीर रूपले लिएको भन्दै फरक यौनिकता भएका महिलाको मुद्दालाई महिला आन्दोलनका साथै राज्यले सम्बोधन गर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप