मन्त्रिपरिषद् बैठक
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय
सोमबार, २४ वैशाख २०८१, १७ : ०१
काठमाडौँ । सरकारले रक्षा मन्त्रालय मातहतको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति रक्षामार्फत पूर्वाधारसम्बन्धी काम हुँदै आएको छ । ४ वर्षका लागि गठन भएको समितिको म्याद वैशाख २६ गते सकिन लागेकाले आजको बैठक सोही विषयलाई सम्बोधन गर्नका लागि बसेको शर्माको भनाइ छ । यसका लागि नयाँ कानुन नबनिसकेकाले हालका लागि समितिको म्याद एक वर्ष थप गर्ने भन्ने निर्णय भएको शर्माले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण