आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय

सोमबार, २४ वैशाख २०८१, १७ : ०१
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । सरकारले रक्षा मन्त्रालय मातहतको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति रक्षामार्फत पूर्वाधारसम्बन्धी काम हुँदै आएको छ । ४ वर्षका लागि गठन भएको समितिको म्याद वैशाख २६ गते सकिन लागेकाले आजको बैठक सोही विषयलाई सम्बोधन गर्नका लागि बसेको शर्माको भनाइ छ ।  यसका लागि नयाँ कानुन नबनिसकेकाले हालका लागि समितिको म्याद एक वर्ष थप गर्ने भन्ने निर्णय भएको शर्माले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप