आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

सोमबार, २४ वैशाख २०८१, १६ : ५८
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको छ । निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएका थिए ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भई गठन भएको जनता समाजवादी पार्टीको दर्ता भएको हो ।   

आइतबार जसपा नेपालबाट विभाजित भई नेता अशोक राई पक्षले आयोगमा दल दर्ताका निम्ति निवेदन दिएको थियो । सोही निवेदनमाथि आयोगले सोमबार निर्णय गर्दै दल दर्ता गरेको हो । 

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको जानकारी दिए ।

‘राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित सङ्घीय कानुनका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावली ७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी (जसपा) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा रेकर्ड गर्ने’, आयोगको निर्णयमा भनिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप