पार्टी फुटको हल्ला निराधार : नेकपा एकीकृत समाजवादी
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीको भूमिका संसद्मा प्रभावकारी बनाउने निर्णय गरेको सांसद शेरबहादुर कुँवरले बैठकपछि बताए ।
‘अधिवेशनमा संसदीय भूमिका प्रभावकारी बनाउने र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका बारेमा सरकारलाई रचनात्मक सुझाव दिने निर्णय गरेको छ’, कुँवरको भनाइ छ । साथै बैठकले संसद् बैठकमा जनसरोकारका विषय सशक्त ढङ्गले उठान गर्दै कानुन निर्माण प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै एकीकृत समाजवादीले जसपा विभाजनपछि पार्टी फुटको हल्ला निराधार रहेको र सबै सांसदहरू कतै नगएको भन्दै पार्टी एक ढिक्का भएको ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण