पार्टी फुटको हल्ला निराधार : नेकपा एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीको भूमिका संसद्मा प्रभावकारी बनाउने निर्णय गरेको सांसद शेरबहादुर कुँवरले बैठकपछि बताए ।
‘अधिवेशनमा संसदीय भूमिका प्रभावकारी बनाउने र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका बारेमा सरकारलाई रचनात्मक सुझाव दिने निर्णय गरेको छ’, कुँवरको भनाइ छ । साथै बैठकले संसद् बैठकमा जनसरोकारका विषय सशक्त ढङ्गले उठान गर्दै कानुन निर्माण प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै एकीकृत समाजवादीले जसपा विभाजनपछि पार्टी फुटको हल्ला निराधार रहेको र सबै सांसदहरू कतै नगएको भन्दै पार्टी एक ढिक्का भएको ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प
-
शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित
-
महावाणिज्य दूतावासको आयोजनामा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया
-
समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न
-
चिडियाखानामा चोरको हातबाट फुत्किएका दुर्लभ रेडपाण्डाको मृत्यु
-
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु