सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा

शुक्रबार, १४ वैशाख २०८१, १५ : ३९
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश कार्यालयमा सरुवा गरेका हुन् ।

सिंह काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिइन् । सिंहलाई गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी दिइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

यसअघि गण्डकी प्रदेशमा कार्यरत डीआईजी विकाशराज खनालले अवकाश पाएका छन् । उनले ५६ वर्षीय उमेर हदका कारण वैशाख ६ मा अवकाश पाएका हुन् । खनालले अवकाश पाएसँगै गण्डकी प्रदेश प्रहरी कार्यालयमा डीआईजीको पद रिक्त थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप