आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
जसपा विभाजन

अशोक राईले भने– असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपर्‍यो

सोमबार, २४ वैशाख २०८१, १९ : २७
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताएका छन् । निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद् सचिवालयमा बुझाउन सोमबार अपराह्न सिंहदरबार पुगेका उनले न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् । 

अध्यक्ष राईले पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाईं हुने स्थिति देखिएपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने भएको भन्दै नयाँ पार्टी दर्ता गरेर जाने आफूहरू निष्कर्षमा पुगेको बताए । 

अध्यक्ष राईले सत्ता राजनीतिका कारण आफूहरूले पार्टी विभाजन नगरेको जिकिर पनि गरे । सांसदहरूले संसदीय दल विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग कुनै न कुनै रूपमा जोडिन जाने भएपनि सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको उनको भनाई थियो । अध्यक्ष राईले आफ्नो पार्टीले अब संसदमा रचनात्मक क्रियाकलाप गर्दै अघि बढ्ने बताए ।

उनले भने, ‘सत्ता राजनीति त हामी सांसदहरूले संसदीय दलबाट विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग त कुनै न कुनै रूपमा प्रत्यक्ष, परोक्ष रूपमा जोडिन जान्छ । तर सत्ता राजनीतिको कारण चाहिँ होइन यो विभाजनको । सत्तामा नै छौ नि त हामी त । हाम्रो त वनमन्त्रीजी अहिले सरकारमा हुनुहुन्छ । उहाँले अगुवाइ गरिरहनु भएको छ यो विभाजनमा । हामी सत्तामा नै छौँ । त्यसको निम्ति त अरू के राजनीति गर्नु पर्‍यो । सत्तामा जानका निम्ति हामीले राजनीति गर्नुपर्ने, हामी सत्तामा नै छौँ ।’

अध्यक्ष राईले यादवले सत्ता गठबन्धन फेरबदल गर्ने कुराबारे आफूहरू बेखबर रहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप