आयोगले जनता समाजवादी पार्टी दर्ता भएको संसद् सचिवालयलाई गरायो जानकारी
काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी सङ्घीय संसद् सचिवालयलाई पठाएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आइतबार निर्वाचन आयोगमा निवेदन परेको थियो । आयोगले सोमवार(आज) सो दललाई दल दर्ताको प्रमाणपत्र दिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै आयोगले सो कुराको जानकारी सङ्घीय संसद् सचिवालयलाई पनि गराएको छ ।
राई नेतृत्वको जसपामा ७ जना सांसदहरू रहेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको ब्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको जानकारी दिए । उनले आगामी वैशाख २८ गते संसद्को बजेट अधिवेशन आह्वान भएको सन्दर्भमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा सोधेर सोही अनुसारको सिट व्यवस्थापन गरिने जानकारी दिए ।
उनले भने, ‘आज निर्वाचन आयोगबाट दर्ता कायम रहेको जनता समाजवादी पार्टी नेपाल नामक राजनीतिक दलबाट छुट्टिई जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गर्नेगरी निर्वाचन आयोगको वैशाख २४ गतेको बैठकबाट निर्णय भएको भनी र सो ब्यहोरा उल्लेख गरी सङ्घीय संसद् सचिवालयलाई पत्र प्राप्त भएको छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल विभाजन भएर निर्वाचन आयोगबाट त्यसको पुष्टि गरेर पत्र आइसकेपछाडि निश्चय नै सदनमा उहाँहरू कहाँ बस्ने भन्ने सन्दर्भमा उहाँहरूसँग सोध्छ । उहाँहरू सत्तापक्ष वा प्रतिपक्षमा बस्ने जानकारी गराएपछि सोही अनुकूलको सिट व्यवस्थापनको काम संसद् सचिवालयले गर्छ । संसदीय दल गठन गर्न केही विवरण उपलब्ध गराएपश्चात् उहाँहरूलाई सचिवालयले संसदीय दलको कार्यालय समेत उपलब्ध गराउँछ ।’
उनले जसपालाई संसदीय दलको कार्यालय समेत उपलब्ध गराइने बताए । जनता समाजवादी पार्टी, नेपालबाट फुटेर बनेको जसपा राष्ट्रिय मान्यताप्राप्त दल हो वा होइन भन्ने कुराको पुष्टि भने निर्वाचन आयोगले गर्ने उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण