विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
काठमाडौँ । जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ ।
साेमबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पार्टीका अध्यक्ष डा सीके राउतले ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपालीहरूलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका हुन् ।
प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर भई अहिलेदेखि नै सोको तयारी गर्न गराउन पार्टीले आग्रह गरेको हो । ज्ञापनपत्रमा बुझाउँदै विभिन्न देशमा रहेका नेपालीहरूले राहदानी नवीकरण गर्न महिनौँसम्म कुर्नुपर्ने बाध्यता हटाउन आग्रहसमेत गरिएको छ ।
कर्मचारी थप्ने, राहदानी नवीकरण केन्द्र तथा शिविर तथा अनलाइन सेवा सञ्चालनसहितका उपाय अपनाएर राहदानी नवीकरणलाई छिटोछरितो बनाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
पार्टी सचिव बिपी साहले जनमत पार्टी सम्बद्ध प्रवासी जनमत सङ्घ र गैरआवासीय मधेसी सङ्घलाई पहिचान गर्न मातहतका दूतावास तथा नियोगलाई सर्कुलर जारी गर्न र सर्वपक्षीय बैठकमा सहभागी गराउन आग्रह गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण