प्रवासी नेपाली एकता मञ्चको अधिवेशन जुलाई ६ र ७ काठमाडौंमा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको प्रवास संगठन 'प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटी'को प्रथम अधिवेशन जुलाई ६ र ७ तारिखमा काठमाडौंमा हुने भएको छ।
एकीकृत समाजवादीका स्थायि कमिटी सदस्य समेत रहेका प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद शाहको अध्यक्षतामा अनलाइन भर्चुअल माध्यमबाट आज बसेको मञ्चको बैठकले सो निर्णय गरेको हो।
अधिवेशनले राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने तथा आगामी कार्यकालकालागि नयाँ कार्यसमिति चयन गर्ने मञ्चका सहसंयोजक सुभाष पोखरेलले बताए।
पार्टीको संगठन भएकाले राजनीतिक विषयमा छलफल त हुने नै छ। तर संगै प्रवासमा रहेका नेपाली श्रम, सीप र पूँजीलाई नेपालमा कसरी भित्र्याउने, विदेशमा रहेका नेपालीको मतदान गर्न पाउने व्यवस्थालगायतका विषयमा पनि अधिवेशनमा गम्भीर छलफल गरिने उनले बताए।
अधिवेशनमा प्रवासी नेपाली एकता मञ्चको ५१ सदस्यीय आयोजक कमिटी, हरेक राष्ट्रिय कमिटीबाट १० जना बराबर १ जना र कमिटीले मनोनित गरिएका ५ प्रतिशत गरी २ सय प्रतिनिधि अधिवेशनमा सहभागी हुने मञ्चका सचिव ध्रुव सुवेदीले जानकारी दिए।
अमेरिकी, युरोप, मध्यपूर्वी , पूर्वी एसिया र ओसिनिया महादेशका बिभिन्न ३० भन्दा बढी राष्ट्रबाट प्रतिनिधिले अधिवेशनमा भाग लिनेछन् ।पार्टीको महाधिवेशनकै समयमा मञ्चको पनि अधिवेशन गर्न लागिएकोले प्रवासबाट अधिवेशनमा भाग लिने प्रतिनिधिहरु थप उत्साहित भएको सचिव सुवेदीको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण