कर्तव्य ज्यान घटनामा फरार नौ वर्षपछि पक्राउ
आइतबार, १६ वैशाख २०८१, १७ : २०

काठमाडौँ । प्रहरीले कर्तव्य ज्यान घटनामा फरार अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार २०७१ सालमा काठमाडौँको सेतीदेवी गाविस वडा नम्बर ६ मा सुनमाया सार्कीलाई कर्तव्य गरी फरार रहेका समरबहादुर सार्की पक्राउ परेका हुन् ।
फरार सार्कीलाई प्रहरीले वैशाख १६ गते चाल्नाखेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाएको अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा
-
सिंहदरबारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठक, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन
-
आरआरको स्ववियु निर्वाचन प्रक्रिया सुरु गर्न माग
-
पोखरा बेलुन विस्फोट घटना : छानबिन समितिले बुझाएको प्रतिवेदनमा के छ ?
-
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
-
अर्जुन घर्तीको उत्कृष्ट अर्धशतकसँगै कर्णाली विजयी, कोशी प्रदेशको पाँचौँ हार