बलिउड गायिका कनिकाले नचाइन् दरबारमार्गमा दर्शक
आइतबार, १६ वैशाख २०८१, १७ : ४९
काठमाडौँ । बलिउड गायिका कनिका कपुरले काठमाडौँका दर्शक नचाएकी छन् । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘कनिका कपुर साँझ’मा उनले आफ्नो दर्जन बढी लोकप्रिय गीतहरू राखेकी थिइन् ।
करिब डेढ घण्टा स्टेज तताएकी कपुले सो क्रममा चिटिया कलैया, बेबी डल, लव लेटर, देशी लुक्स लगायत बलिउडका थुप्रे चर्चित गीत पस्किएको कार्यक्रममा सहभागी शाहिल खानले बताए ।
कनिकालाई तपश्या इन्टरटेनमेन्टले नेपाल ल्याएको हो । नेपाली दर्शकलाई सांगीतिक मनोरञ्जन दिने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कनिकालाई नेपाल ल्याएको तपश्या इन्टरटेनमेन्टका निर्देशक अभिषेक झाले बताए ।
कनिका पहिलो पटक नेपाल आएकी हुन् । शनिबारको कार्यक्रम सकेर उनी आइतबार बिहानै भारत फर्किएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण