किन ट्रोल भइरहेकी छिन् गर्भवती दीपिका पादुकोण ?
नयाँ दिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण छिट्टै आमा बन्दैछिन् । तर यति नै बेला उनी निकै ट्रोल पनि भइरहेकी छिन् ।
उनको आगामी फिल्म ‘कल्की २८९८ एडी’को नयाँ पोस्टर रिलिज भएपछि उनी ट्रोल हुन थालेकी हुन् । फिल्मको पोस्टर सार्वजनिक भएदेखि दीपिकाको लुकलाई लिएर नेटिजन्सले प्रतिक्रिया दिइरहेका छन् ।
दीपिका पादुकोणको तुलना अरू कसैसँग होइन ‘ज्यून’ फिल्मकी अभिनेत्री जेन्डायासँग भइरहेको छ । पोस्टरमा दीपिका खैरो रंगको पोशाकमा खुल्ला छोटो कपाल भएको देखिएकी छिन् । चलचित्र ‘कल्की २८९८ एडी’को नयाँ पोस्टर हालै मात्र सार्वजनिक भएको थियो । यस फिल्ममा प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन पनि रहेका छन् । यस पोस्टरमा देखिएकी अभिनेत्री दीपिका पादुकोणलाई हलिउड फिल्म ‘ज्यून’की अभिनेत्री जेन्डायासँग तुलना भइरहेको छ ।
माइक्रो ब्लगिङ वेबसाइट एक्समा मानिसहरु दीपिकाबारे लेखिरहेका छन् । एक जनाले उनलाई गरिबहरूको जेन्डया भनेका छन् । अर्कोले भने कल्कीको पोस्टरमा दीपिकाको जेन्डियाफिकेशन भनेर लेखेका छन् ।
यस फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन मुख्य भूमिकामा छन् । फिल्मको रिलिज मिति पटक–पटक अगाडि सरिरहेको छ । अब भने मेकरहरू यो फिल्मलाई जुन २७ मा ठुलो पर्दामा रिलिज गर्ने तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहामा छिमेकीको कोदालो प्रहारबाट एक पुरुषको मृत्यु
-
इजरायली रक्षामन्त्री योभ गालान्टले किन उठाए प्रधानमन्त्री नेतान्याहुमाथि प्रश्न ?
-
आईपीएलमा आज : प्ले–अफ चरणमा पुग्न सँघर्षरत हैदराबादलाई उपाधि होडबाट बाहिरिएको गुजरातको चुनौती
-
तोलामा १ लाख ४० हजार रुपैयाँ पुग्यो सुनको मूल्य
-
नाडाका अध्यक्ष चौधरीको आक्रोश–अटो बजार ईभी मात्र होइन
-
म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो