इजरायली रक्षामन्त्री योभ गालान्टले किन उठाए प्रधानमन्त्री नेतान्याहुमाथि प्रश्न ?
बिहीबार, ०३ जेठ २०८१, १० : ५७
तेल अभिभ । इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई निशाना बनाएका छन् । युद्धपछि गाजाका लागि के योजना छ भन्ने प्रश्नको जवाफ सरकारले अहिलेसम्म दिन नसकेको उनको भनाई छ ।
गाजामा सैन्य शासन लगाउने इजरायलको कुनै मनसाय नभएको सार्वजनिक रूपमा घोषणा गर्न गालान्टले नेतान्याहुसँग अपिल गरेका छन् । आफूले अक्टोबरदेखि मन्त्रिपरिषद् बैठकमा यो प्रश्न उठाइरहेको तर कुनै जवाफ नआएको उनले बताए ।
युद्ध क्याबिनेटका अर्का मन्त्री बेनी गान्ट्जले पनि गैलेन्टसँग सहमति जनाएका छन् । ‘गैलेन्टले सत्य भनेका छन् । कुनै पनि हालतमा देशको लागि जे सही छ त्यो गर्ने नेतृत्वको जिम्मेवारी हो ।’ ग्यान्ट्सले भनेका छन् । अक्टोबर ७ यता इजरायली कारबाहीबीच गाजामा ३५ हजारभन्दा बढीले ज्यान गुमाएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण