नाडाका अध्यक्ष चौधरीको आक्रोश–अटो बजार ईभी मात्र होइन
काठमाडौँ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटोमोबाइल बजार ईभी (विद्युतीय सवारी) मात्र नभएको बताएका छन् । सरकारी नीति र बजारका कारण यतिबेला साँच्चै अटोमोबाइल बजार धरातलमा पुगेको बताउँदै अध्यक्ष चौधरीले ईभी बाहेक अरू साधनाको बिक्री नै नभएको बताए ।
'अटो बजार ईभीको मात्र होइन', अध्यक्ष चौधरीले भने, 'पेट्रोलियम गाडी, पार्टस्, टायर, लुब्रिकेन्ट लगायतका थुप्रै अटोमोबाइलसँग सम्बन्धित व्यवसायहरू छन्। राज्यले अरू व्यवसायको क्षेत्रमा चाहिँ ध्यान दिनुपर्दैन ?' अध्यक्ष चौधरीले प्रश्न गरे ।
अटोमोबाइल क्षेत्रले मात्र ९० अर्ब रुपैयाँ बराबरको राजस्वको योगदान दिने गरेकोमा पछिल्लो वर्ष ३० अर्बमा झरेको बताउँदै अध्यक्ष चौधरीले यसले राज्यलाई नै घाटा पुगेको बताए ।
राजधानीमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अध्यक्ष चौधरीले बजेटमार्फत अटोमोबाइल क्षेत्रको उत्थानका लागि विशेष प्याकेज तथा सहुलियत कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण