शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शिल्पी थिएटरमा ‘बाजी’ मञ्चन

मङ्गलबार, १८ वैशाख २०८१, ०९ : ५७
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । शिल्पी थिएटर बत्तीसपुतलीमा नाटक ‘बाजी’ मञ्चन हुने भएको छ । यही वैशाख २४ गतेदेखि ३० गतेसम्म ७ दिन नियमित मञ्चन हुने नाटक एन्टोन चेखवले सन् १८८९ मा लेखेको कथा बाजीलाई रङ्गकर्मी रविन परियारले नाट्य रूपान्तरण र निर्देशन गरेका हुन् ।

नाटकमा गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना, रविन परियार र जय प्रकाश ताजपुरियाको अभिनय रहनेछ । 

नाटकमा अनुप तिमिल्सिनाले सङ्गीत संयोजन, प्रकाश परिकल्पना र सञ्चालन प्रेम चन्द पाण्डे र भेषभूषा परिकल्पनामा सङ्गीता उराँव रहेका छन् । सेट परिकल्पना र निर्माण धनराज सुनार र गोविन्द ओलीको छ भने सङ्गीत सञ्चालन अरविन्द कुमार मौर्यको रहनेछ । 

नाटकमा ज्ञान मानिस रूपान्तरण हुने संवाहक हो । कारागारका बन्दीहरूले रूपान्तर हुने अवसर पाउने हो भने आफूलाई सुधार्न सक्छ भन्ने कुरो नाटकले देखाउने छ । 

एन्टोन चेखव आफूलाई मनपर्ने नाटककार तथा कथाकार भएकोले उनको कुनै रचनालाई मञ्चमा देखाउने रहरले नाटक बनाएको निर्देशक परियारले बताए । उनले नाटक हेरेर कमेन्ट गर्न अनुरोध समेत गरे ।

शिल्पीमा अहिले नाटक ‘ए आई’को मञ्चन भइरहेको छ ।  बैशाख २२ गतेसम्म नाटक नियमित मञ्चन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप