मुम्बई इन्डियन्समाथि लखनउको सहज जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा लखनऊ सुपर जायन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा लखनऊले मुम्बई इन्डियन्समाथि ४ विकेटको जित निकालेको हो ।
लखनऊका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । जुन एकदम सही साबित भयो । लखनऊका बलरहरूले मुम्बईलाई १४४ रनको स्कोरमा सीमित गरे । जवाफमा लखनऊको टोलीले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
जितसँगै लखनऊले प्लेअफ सम्भावना पनि बलियो बनाएको छ । जारी प्रतियोगिताको अंक तालिकामा लखनऊ १२ अंकका साथ तेस्रो स्थानमा छ ।
यो सिजनको आईपीएलमा निरीह सावित भएको मुम्बईका रोहित शर्मा आफ्नो जन्मदिनमा फेरी असफल भएका छन् । हिटम्यानको विकेटपछि मुम्बई दबाबमा आएको थियो । त्यसपछि रोहित, सूर्य र तिलकले दोहोरो अंक पनि पार गर्न सकेनन् । कप्तान हार्दिक पाण्ड्या खाता नखोलेर पभेलियन फर्किए । मुम्बईका तीन ब्याट्सम्यानले टिमको इज्जत बचाए । जसमा इशान किशन (३२), नेहल वढेरा (४६) र टिम डेभिड (३५) रनको योगदान गरे । यी खेलाडीको ब्याटिङको आधारमा टोलीले १४४ रनको स्कोर बोर्डमा राख्न सफल भयो ।
लखनउका बलरहरूले सुरुदेखि नै मुम्बईलाई दबाएर राखेका थिए । टोलीका ५ बलरले विकेट लिए । मोहसिन खानले २ ब्याट्सम्यानलाई पभेलियन पठाएका थिए । त्यसबाहेक नवीन उल हक, मयंक यादव, रवि बिश्नोई र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।
लक्ष्य पच्छ्याउने क्रममा लखनऊका लागि मार्कस स्टोइनिसले उत्कृष्ट पारि खेले । २८ रनको स्कोरमा कप्तान राहुलले आफ्नो विकेट गुमाएका थिए । ओपनर अर्शिन कुलकर्णी खाता नखोलेर आउट भए । तर अलराउन्डर मार्कस स्टोइनिसले एक छेउमा रहेर खेल जिताए । उनले ४५ बलमा ६२ रनको इनिङ खेल्दै टोलीलाई ४ विकेटले जित दिलाएका हुन् । उनी बाहेक निकोलस पुरनले १४ रनको नटआउट पारि खेल्दा दीपक हुड्डाले १८ रन बनाए । मुम्बईका हार्दिक पाण्ड्याले २ तथा नुवान तुसारा, जेराल्ड कोट्जे र मोहमद नविले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
-
भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
-
सडकपेटी आश्रित दृष्टिविहीन नागरिक ९ दिनदेखि प्रदर्शनमा (तस्बिरहरू)
-
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण