मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
फोटो

चीनको साढे १३ किलोमिटर लामो विशाल चिजिन गुफा (तस्बिरहरू)

बुधबार, १९ वैशाख २०८१, १२ : २२
बुधबार, १९ वैशाख २०८१

चीन । चीनमा कयौँ शानदार प्राकृतिक पर्यटकीय स्थलहरू छन् । चीनको क्वेईचोउ प्रान्तको चिजिन काउन्टीस्थित क्वाचाई मिआउ शहरमा रहेको विशाल चिजिन गुफा पनि यसैमध्ये एक हो ।

 सबै दिशातर्फ गरेर करिब साढे १३ किलोमिटर लामो यो गुफा क्वेईचोउमा रहेको एक मात्रै ग्लोबल जियोपार्क हो । यस गुफामा चीनको सबैभन्दा ठुलो र विकसित कार्ष्ट ल्यान्डफार्म छ । 

गुफाको तापमान सधैँ १० देखि १६ डिग्री सेल्सियसबिच स्थिर रहन्छ । यो गुफाको औसत तापमान १४.१ डिग्री सेल्सियस मात्रै रहेकोले जति सुकै जाडोमा पनि यहाँ जम्ने गरी चिसो हुँदैन । न त गर्मीमा उखरमाउलो गर्मी हुन्छ ।

यो गुफा सन् १९८० को अप्रिल ८ मा फेला परेको हो । सन् १९८५ देखि यसलाई सर्वसाधारणका लागि खुला गरिएको थियो । गुफाभित्र चार तह छ । 

करिब ७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गुफा सबै दिशा गरेर साढे १३ किलोमिटर लामो छ । यसको सबैभन्दा फराकिलो हिस्सा १७५ मिटरको छ भने उचाइ १५० मिटरसम्मको छ ।  

गुफाको उचाइ र चौडाइ भने क्रमशः ६० मिटर र सय मिटर छ । गुफाभित्र वेलकम हल, टालिन दरबार, लिङसाओ हल र वन हन्ड्रेड थाउजन्ड ग्रेट माउन्टेनसमेत गरेर १२ ठुला हल छन् । ‘वन हन्ड्रेड थाउजन्ड ग्रेट माउन्टेन’ गुफाभित्रको सबैभन्दा ठुलो हल हो । गुफा चीनको सबैभन्दा चर्चित पर्यटकीय स्थलमध्येमा पर्दछ । 

गुफाभित्र १२० भन्दा धेरै पारदर्शी क्रिष्टल स्टल्याक्टाइट्स र सिल्भर रेन ट्रि पनि छ ।

तस्बिरहरु : ओम शर्मा

Zhijin (1)Zhijin (2)Zhijin (3)Zhijin (4)Zhijin (5)Zhijin (6)Zhijin (7)Zhijin (8)Zhijin (9)Zhijin (10)Zhijin (11)Zhijin (12)Zhijin (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप