चीनको साढे १३ किलोमिटर लामो विशाल चिजिन गुफा (तस्बिरहरू)
चीन । चीनमा कयौँ शानदार प्राकृतिक पर्यटकीय स्थलहरू छन् । चीनको क्वेईचोउ प्रान्तको चिजिन काउन्टीस्थित क्वाचाई मिआउ शहरमा रहेको विशाल चिजिन गुफा पनि यसैमध्ये एक हो ।
सबै दिशातर्फ गरेर करिब साढे १३ किलोमिटर लामो यो गुफा क्वेईचोउमा रहेको एक मात्रै ग्लोबल जियोपार्क हो । यस गुफामा चीनको सबैभन्दा ठुलो र विकसित कार्ष्ट ल्यान्डफार्म छ ।
गुफाको तापमान सधैँ १० देखि १६ डिग्री सेल्सियसबिच स्थिर रहन्छ । यो गुफाको औसत तापमान १४.१ डिग्री सेल्सियस मात्रै रहेकोले जति सुकै जाडोमा पनि यहाँ जम्ने गरी चिसो हुँदैन । न त गर्मीमा उखरमाउलो गर्मी हुन्छ ।
यो गुफा सन् १९८० को अप्रिल ८ मा फेला परेको हो । सन् १९८५ देखि यसलाई सर्वसाधारणका लागि खुला गरिएको थियो । गुफाभित्र चार तह छ ।
करिब ७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गुफा सबै दिशा गरेर साढे १३ किलोमिटर लामो छ । यसको सबैभन्दा फराकिलो हिस्सा १७५ मिटरको छ भने उचाइ १५० मिटरसम्मको छ ।
गुफाको उचाइ र चौडाइ भने क्रमशः ६० मिटर र सय मिटर छ । गुफाभित्र वेलकम हल, टालिन दरबार, लिङसाओ हल र वन हन्ड्रेड थाउजन्ड ग्रेट माउन्टेनसमेत गरेर १२ ठुला हल छन् । ‘वन हन्ड्रेड थाउजन्ड ग्रेट माउन्टेन’ गुफाभित्रको सबैभन्दा ठुलो हल हो । गुफा चीनको सबैभन्दा चर्चित पर्यटकीय स्थलमध्येमा पर्दछ ।
गुफाभित्र १२० भन्दा धेरै पारदर्शी क्रिष्टल स्टल्याक्टाइट्स र सिल्भर रेन ट्रि पनि छ ।
तस्बिरहरु : ओम शर्मा
_ruzxYH92xv.jpg)
_TLb88f9p2g.jpg)
_UwXgr7N3ju.jpg)
_tjUeZbaS0a.jpg)
_QmeV5TSLNr.jpg)
_JbWjNILJJX.jpg)
_eKFh59l6zO.jpg)
_GVaDpbtSHv.jpg)
_daV49b6NQS.jpg)
_GTYZVRMNzH.jpg)
_IKSeanJXR6.jpg)
_lpG9wh1h2D.jpg)
_eu3yKvuMc0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण