देउवाले भने– अदालत र आयोगका गतिविधि नजिकबाट हेरिरहेको छु

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगको कदमलाई नजिकबाट हेरिरहेको बताएका छन् । बुधबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा गण्डकी प्रदेशसभाका कांग्रेस सांसदहरूसँगको भेटवार्तामा देउवाले अदालत र आयोगका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका हुन् ।
गण्डकी प्रदेशसभामा एमालेका खगराज अधिकारीलाई सभामुखले समेत विश्वासको मत दिएर बहुमत पुर्याएको घटनाक्रमबारे जानकारी गराउन प्रदेश सांसदको टोलीले बिहान बुढानीलकण्ठ पुगेर देउवालाई भेटेको थियो ।
गण्डकीमा प्रदेश सरकारले विश्वासको मत लिनका लागि अदालतको फैसला अस्वाभाविक देखिएको सांसदहरूले सभापतिसँग कुरा राखेका थिए । त्यसविरुद्ध मंगलबार कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ । न्यायिक लडाइका लागि सर्वोच्चमा गएको र राजनीतिक मोर्चाबाट पनि खबरदारी गर्नुपर्ने अवस्था रहेको आफूहरूले सभापतिलाई सुनाएको सुवेदीले बताए ।
देउवाले सभापति देउवाको कम्युनिस्टहरू सत्ता कब्जाको शैलीविरुद्ध लड्न तयार रहेको बताएका थिए ।
‘कम्युनिस्टको सत्ता कब्जा गर्ने मनोविज्ञानसँग हामी लड्नुपर्नेछ । म लड्ने हो । तपाईंहरु लड्न तयार हुनुस् । मलाई साथ दिनुहोस्,’ देउवाको भनाइ सुवेदीले सुनाए । संवैधानिक निकायले लोकलाज राख्लान् भन्नेमा विश्वस्त रहेको देउवाको भनाइ थियो ।
निर्वाचन आयोगले जसपा नेपाल फुटाउन हतार गरेकोमा पनि देउवा रुष्ट देखिएका छन् । ‘गण्डकी प्रदेशबारे सर्वोच्चको फैसला र जसपा नेपाल विभाजन गर्न निर्वाचन आयोगले गरेको हतार स्वाभाविक छैन भनेर सभापतिजीले भन्नुभयो,’ सुवेदीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको काभ्रेपलाञ्चोक जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु
-
सगरमाथा आधारशिविरमा विशेष संवाद : गृहमन्त्री लेखक र प्रर्यटनमन्त्री पाण्डेलाई १६ बुँदे ध्यानाकर्षण
-
विकृतिले छोपेको मधेसका संस्कार–संस्कृति
-
बेंगलुरु र कोलकाताबिचको खेल वर्षाका कारण ढिलाइ
-
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी