मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एमाले संसदीय दलको बैठक सुरु

शुक्रबार, २८ वैशाख २०८१, १३ : ०३
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसद्को बर्खे अधिवेशनमा सांसदहरूले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बसेको हो । 

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने  बताए । 

संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदै छ । जसअनुसार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । 

सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपा सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरोध गर्ने चेतावनी दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप