मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

श्रीमतीको अश्लील भिडियो फेसबुकमा हाल्ने श्रीमान् पक्राउ

शुक्रबार, २८ वैशाख २०८१, १३ : २९
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । श्रीमतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय फुर्साङ रुम्बा छन् ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

वैदेशिक रोजगारीमा हुँदा ह्वाट्स एपमा आदान प्रदान गरेको गोप्य अंग देखिने फोटो र भिडियो फुर्साङले दुरुपयोग गरेर फेक अकाउन्ट बनाएर अपलोड गरेको अनुसन्धानबाट थाहा भएको छ । पीडितकी दिदीले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दा फुर्साङले नै चरित्रहत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप