मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

वडाध्यक्ष मुकुन्द रिजालको सालिक अनावरण

शुक्रबार, २८ वैशाख २०८१, १६ : ०४
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष स्व. मुकुन्द रिजालको सालिक अनावरण गरिएको छ । वडाको प्राङ्गणमा राखिएको सालिक काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनावरण गरेकी छिन् । 

दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) भएकोपछि अध्यक्ष पदमै रहेका बेला उनको निधन भएको थियो  । रिजाललाई २०८० भदौ १७ गते आइतबार दिउँसो १ बजे सघन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा भदौ २१ गते उनको निधन भएको थियो । 

स्पष्ट वक्ताका रूपमा परिचित रिजाल कार्यपालिकाअन्तर्गतको पूर्वाधार समितिको संयोजक रहेका थिए । महानगर प्रमुख बालेन शाहसँग सवाल जवाफ गरेपछि चर्चामा आएका उनी साथै कार्यकक्षमै बसेर टिकटक बनाएर पनि चर्चामा आएका थिए । वडाले करिब ८ लाख रुपैयाँ लागतमा रिजालको सालिक निर्माण गरेर अनावरण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप