आजपाको आन्दोलनरत पक्षलाई विभागले वार्तामा बोलायो
काठमाडौँ । भन्सार विभागले आम जनता पार्टी (आजपा) को आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । आजपाले चौथो चरणको आन्दोलन अन्तरगत जेठ २० गतेदेखि निरन्तर भन्सार विभाग घेराउ गर्दै आएको छ ।
रञ्जु साह संयोजक रहेको आजपा आम सम्पर्क मञ्चको ब्यानरमा आजपाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीलगायतको माग गर्दै विभागमा धर्ना दिँदै आएको हो ।
आजपा आम सम्पर्क मञ्चकी संयोजक रञ्जु साहले वार्ताका लागि बोलावट भएको जानकारी दिँदै पार्टीको आन्तरिक छलफल गरेर आफूहरू आजै वार्तामा बस्ने बताइन् ।
भन्सार विभागमा मंगलबार दिउँसो विभागका महानिर्देशक ढुण्डी प्रसाद निरौला, अर्थ मन्त्रालयका सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी र आजपाका प्रतिनिधिहरुबिच वार्ता हुने बताइएको छ ।
आजपाका अध्यक्ष प्रभु साहले भन्सार नियमावलीमा रहेको लुटकारी व्यवस्था खारेज हुनुपर्ने आफूहरूको माग रहेको भन्दै यसका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण