‘लन्डन टु पेरिस’को गीत : साम्राज्ञी, निश्चल र गरिमाको त्रिकोणात्मक प्रेम
काठमाडौँ । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ को दोस्रो गीत ‘चाहन्छु यो माया’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतमा एसडी योगीको सङ्गीत तथा राम अविरल विष्टको शब्द छ ।
संगीतकार योगी र नभिता पौडेलको स्वर रहेको गीतको रिकेश गुरुङ सङ्गीत निर्माता हुन् । गीतमा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का र गरिमा शर्मा बिचको त्रिकोणात्मक प्रेम देखाइएको छ ।
ट्राभल लभ स्टोरीको कथामा बनेको ‘लन्डन टु पेरिस’ को कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी लगायतको फिल्ममा अभिनय छ । निश्चल र गरिमाले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको सहकार्यमा बनेको हो । अमित बस्नेतले निर्माण गरेको जेष्ठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण