दिलको उपचार गर्ने डाक्टर स्मृतिको दिल छुने ‘म्युजिक भिडियो’ बजारमा
काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रूपमा कार्यरत डाक्टर स्मृति शाक्य पेसाले चिकित्सक हुन् । लामो समयदेखि यही क्षेत्रमा निरन्तर लाग्दै आएकी मुटुरोग विशेषज्ञ डा. स्मृतिले अहिलेसम्म हजारौँ दिल अर्थात हृदय रोगीहरूको सफल उपचार गरिसकेकी छन् । चिकित्सक पेसामा अब्बल डाक्टर स्मृतिले पछिल्लो समय डाक्टर मात्रै होइन गायिकाको पनि परिचय थपेकी छन् ।
हजारौँ हृदय रोगीहरूको दिल छोएर सफल उपचार गरेकी सुमधुर आवाजकी शाक्यले पछिल्लो समय ‘मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन’ बोलको मर्मस्पर्शी गीतको म्युजिक भिडियो बजारमा ल्याएकी छन् । युटुबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा एकल सङ्गीका चार वटा एल्बम बजारमा ल्याइसकेका डा अजयक्रान्ति शाक्यको शब्द रहेको छ ।
चिकित्सक शाक्यले गाएको गीतमा संगीत पनि शाक्यकै रहेको छ । म्युजिक भिडियोको छायाङ्कन देवकुमार श्रेष्ठको निर्देशनमा भएको हो ।
म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको मोडलिङ रहेको छ । म्युजिक भिडियोमा चिकित्सक शाक्य स्वयंको पनि अभिनय देख्न सकिन्छ ।
पछिल्लो समय चिकित्सकीय पेसासँगै गायनको क्षेत्रमा पनि रुचि राख्दै आएकी शाक्यले यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको गीत ‘ए–कान्छा मलाई सुनको तारा खसाइ देऊन’ बोलको गीत संगीतज्ञ हरिशरण सायमीसँग ‘कभर सङ’ गाइसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण