‘दिलमा आगो’ मा अनुज र सुस्मिताको रोमान्स
सोमबार, ०७ जेठ २०८१, ११ : ५२

काठमाडौँ । गायक नारायण थापाको नयाँ गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ । बीबी थापाको शब्द रहेको गीतमा गायक थापाकै सङ्गीत र साहस शाक्यको सङ्गीत संयोजन छ ।
प्रेममा धोका खाएका घायल प्रेमिका मनमा उब्जने भावनालाई गीतका शब्दले व्यक्त गरेको छ । गीतको भिडियोमा लोक मिश्र, अनुज शर्मा, सुस्मिता अधिकारीको अभिनय छ । भिडियोलाई सुवास प्रधानले निर्देशन गरेका हुन् ।
प्रेम लामाको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो आभूषण इन्टरटेनमेन्टले बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैङ्कले माग्यो आगामी मौद्रिक नीतिका लागि सुझाव
-
एमालेलाई सुधार्ने ६ उपाय
-
कानुनी व्यवस्था विपरीत कर्मचारीलाई सदस्यसचिव नियुक्त गरेको भन्दै अदालतमा रिट
-
सूचना आयोगमा २ महिनामा ६८ वटा मुद्दा दर्ता, ११० वटा फर्छ्यौट
-
योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षीद्वारा संसद् अवरुद्ध
-
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित