प्रदीपको ‘एक्लो’मा बेलायती स्टार जेमी बेकनले अभिनय गर्ने
काठमाडौँ । बेलायती स्टार जेमी बेकनले नेपाली फिल्म ‘एक्लो’ अभिनय गर्ने भएका छन् । प्रदीप शाहीले निर्देशन गर्ने फिल्मको मुख्य भूमिकामा प्रदीप खड्का देखिँदै छन् ।
निर्देशक शाहीले सामाजिक संजाल फेसबुकमा जेमी र प्रदीपको तस्बिर शेयर गर्दै जेमीसँग नेपाली फिल्ममा सहकार्य हुन लागेको जानकारी दिएका हुन् ।
‘प्रतिभाशाली बेलायती अभिनेता जेमी बेकनले नेपाली फिल्म अन्तर्राष्ट्रिय साइन्स फिक्सन थ्रिलर फिल्म अभिनय गर्ने घोषणा गर्न पाउँदा गर्व लागेको छ’, प्रदीपले अगाडि थपेका छन् ‘हाम्रो फिल्ममा उनको प्रतिभा र उपस्थत पाउनु राम्रो कुरो हो ।’ उनले यो फिल्मको विषयलाई लिएर हलिउड मिडियामा समाचार बन्नु खुसीको कुरो रहेको समेत उल्लेख गरेका छन् ।
फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । शाहीले यसअघि फिल्म ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए । जसको प्रदर्शन २०८० मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण