म्यानमारस्थित नेपाली राजदूतावासमा गौतम बुद्धको मूर्तिको प्राण प्रतिष्ठा
काठमाडौँ । म्यानमारस्थित नेपाली राजदूतावासले २५६८ औँ बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यका लागि यांगुनस्थित बनारसी नेपाली विहारका नौ जना भिक्षुहरूलाई आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा म्यानमारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कूटनीतिक नियोगका पदाधिकारीहरू, संयुक्त राष्ट्र सङ्घका पदाधिकारीहरू, नेपाल धार्मिक गोर्खा सङ्घका अध्यक्ष, म्यानमार पर्यटन सङ्घका अध्यक्ष, बोधगया तीर्थयात्रा कार्यसमितिका अध्यक्ष लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले भगवान् बुद्धले देखाएको आठ सत्य मार्गहरुका बारेमा प्रकाश गरे । यस पवित्र दिन संसार भरिका बुद्धधर्मालम्वीहरु तथा सम्पूर्ण शान्तिप्रेमी मानव जातिका लागि महत्त्वपूर्ण रहेको बताउँदै घिमिरेले उपस्थित सबैलाई बुद्धका उपदेशहरू पालना गरी शान्तिपूर्ण जीवन बिताउन आग्रह गरे ।
बुद्धको जन्मस्थल लुम्बिनी रहेको देश नेपाल र ९० प्रतिशत जनसङ्ख्या बुद्धधर्मालम्वी रहेको म्यान्मारबीच ऐतिहासिक सम्बन्ध रहेको सो अवसरमा उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
-
शोकमा डुबे फ्रान्सका प्रशिक्षक डेसचाम्प्स, नर्वेविरुद्धको खेलमा अनुपस्थित हुने
-
ललितपुरका वडाहरूलाई ४ करोड रुपैयाँसम्मको बजेट सीमा
-
ललितपुरमा कृषकलाई बहाल कर छुट
-
ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता
-
यी हुन् रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनेहरु (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण