‘श्रमाधान रोजगार मेला’को विराटनगरबाट प्रधानमन्त्रीले उद्घाटन गर्ने
विराटनगर । आगामी जेठ १७ गतेदेखि देशभर ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले यो मेला आयोजना गर्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको विराटनगरबाट जेठ १७ गते मेलाको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ । मेलालाई सीप र क्षमता विकासका लागि मध्यस्थकर्ता बनाइनेछ । जस अनुसार यसलाई काम खोज्ने युवा र रोजगारदाताको मिलनबिन्दु बनाइनेछ ।
कुल सात प्रदेशमा दुई–दुई दिन चल्ने यस मेलामा श्रमिक तथा सरोकारवालाहरूले रोजगारीसम्बन्धी गुनासा राख्न पाउनेछन् । साथै आवश्यक सीपको बारेमा पनि जानकारी हासिल गर्न सकिनेछ । मेलामा रोजगारीका समस्या समाधानका लागि छलफल हुनेछ ।
आन्तरिक रोजगारी प्रवर्द्धनसँगै वैदेशिक रोजगारी व्यवस्थापन पनि मेलाको उद्देश्य रहेको छ । मेलामा वैदेशिक रोजगार सम्बन्धी जानकारी र ठगी रोकथाम विषयमा छलफल हुनेछ । मेला विभिन्न मानव संसाधन कम्पनीको सहभागितामा हुनेछ ।
मेला कोशी प्रदेशबाट सुरु भएर बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयोजनमा हुने मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने छ । मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले पनि स्टल राख्ने कोशी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण