बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै
बैतडी । बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ । जिल्लाका सात सय ६० केन्द्रबाट भोलिदेखि खोप अभियान सञ्चालन हुन लागेको हो ।
जिल्लाका १२ हजार आठ सय ३५ बालबालिकालाई आइपिभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तीर्थ भट्टले जानकारी दिए । उनका अनुसार जिल्लाभित्र विसं २०७३ वैशाखदेखि विसं २०७५ असोजसम्म जन्मेका बालबालिकालाई खोप लगाइने छ ।
देशभरि सञ्चालन भइरहेको खोप अभियान बैतडीमा भने भोलिदेखि जेठ २३ गतेसम्म हुने भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिष भट्टले जानकारी दिए । खोप अभावका कारण यसअघि छुटेका बालबालिकालाई पोलियोको जोखिम हुने भएकाले अभियान सञ्चालन गरी सबैलाई खोप लगाउने तयारी भएको उनको भनाइ छ । नजिकको खोप केन्द्रमा गएर आफ्ना बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण