एमालेको राष्ट्रिय महिला भेला आजदेखि
काठमाडौँ । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि सुरु हुँदैछ । काठमाडौँमा दुई दिनसम्म हुने राष्ट्रिय महिला भेलालाई नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यान्न १२ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता तथा पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिले सहभागिता जनाउने छन् । करिब पाँच हजार जनाको सहभागितामा राष्ट्रिय महिला भेलाको उद्घाटन हुनेछ ।
यस्तै, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुमा निर्वाचित महिला प्रतिनिधिलगायत पनि भेलामा सहभागी हुने बताइएको छ ।
एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता दिने व्यवस्था, महिला हिंसाको अन्त्य गर्न राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता लगायतका विषयलाई संसद्बाट सङ्कल्प प्रस्ताव पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो ।
भेलामा सहभागी महिलाहरूले १२ वटा समूह बनाएर विभिन्न विषयमा छलफल गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण