बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

विभिन्न पार्टीका नेता कार्यकर्ता आजपामा प्रवेश

बिहीबार, १७ जेठ २०८१, १५ : ५४
बिहीबार, १७ जेठ २०८१

बारा । बारामा विभिन्न पार्टीका नेता कार्यकर्ता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । 

बाराको बारागढी गाउँपालिका–४ सुखीपथरामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता कार्यकर्ता आजपामा प्रवेश गरेका हुन् ।  समाजसेवी सियाराम साहको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा उनीहरू आजपाका गोलबन्द भएको अध्यक्ष प्रभु साहले जानकारी दिए । 

देशमा व्याप्त बेथिति, भ्रष्टाचार एवं कुशासनको दुष्चक्रलाई तोड्न तथा विद्यामान सङ्कटहरूको ठोस निकास प्रदान गर्ने सवालमा आम जनता पार्टीले नेतृत्वदायी एवं निर्णायक भूमिका निर्वाह गर्ने साहले बताए । 

उनले नवप्रवेशीहरुलाई अबिर मालाले स्वागत गरेका थिए । 

यसैबिच बुधवार आयोजित अर्को एक कार्यक्रममा साहले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न सरकारसँग माग गरे । आजपा पर्सा जिल्ला कमिटीले टाउनहलमा आयोजना गरेको कार्यक्रममा उनले वीरगन्जबाट देशको कुल राजस्व मध्ये ८० प्रतिशतभन्दा बढी उठ्ने गरेको बताए । 

‘वीरगन्ज देशकै आर्थिक नगरी हो । यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजस्व पनि अन्तभन्दा यहाँबाट धेरै उठ्ने गरेको छ । आर्थिक नगरी वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारले ढिला गर्नुभएन । यथाशीघ्र वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्छ’ साहले भने, ‘सरकारले यहाँबाट राजस्व उठाउने र अन्त गएर लगानी गर्नु हामीलाई स्वीकार्य छैन । वीरगन्ज आर्थिक राजधानी हो र यहाँ त्यही अनुसार सरकारले लगानी पनि गर्नुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप