दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’
शुक्रबार, १८ जेठ २०८१, ०६ : ४४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो ।
महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी दिइन् । उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिइन्।
“हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ, ” उनले अन्य मुलुकमा स्तनक्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै उनले भनिन् । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण