कांग्रेस बैठक सकिने बित्तिकै पौडेल समूह बन्यो असन्तुष्ट
काठमाडौं–नेपाली कांग्रेसको बैठकको निर्णयका सन्दर्भमा नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टि जनाएको छ ।
बैठक सकिएलगत्तै पार्टी कार्यालय सानेपामा आइतबार साँझ पत्रकार सम्मेलन गरी नेता पौडेलले बहुमतको बलमा विधान विपरित बैठकबाट निर्णय गरिएको दाबी गरे ।
पौडेलले यस्तो दाबी गर्नुअघि प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसँग कुराकानी गर्दै आगामी भदौमा महासमिति बैठक बालाउने लगायतका सबै निर्णयहरु सर्वसम्मत भएको बताएका थिए । बैठकले अघिल्लो निर्वाचनमा हार बेहोर्नुको प्रमुख कारण बाम गठबन्धननै भएको निश्कर्ष निकाल्दै हारको जिम्मेवारी आ–आफ्नै हिस्सेदार अनुसार लिनुपर्नेमा जोड दिइएको पनि उनले बताएका थिए ।
बैठकले भोलिनै निर्वाचित केन्द्रीय समिति बैठक बोलाएर पदाधिकारी मनोनयन गर्ने तय पनि गरेको बताइएको छ । सो निर्णयमा पौडेल समूहको असन्तुष्टि रहेको बताइएको छ । देउवाले पदाधिकारीमा सबै आफू निकटकालाई मनोनयन गर्ने तयारी गरेसँगै त्यो बुझेर पौडेल समूह रुष्ट बनेको बताइएको छ ।
बैठक सकिएसँगै महामन्त्री शशांक कोइरालासँगै प्रवक्ता शर्मा पत्रकार माझ उपस्थित भएका थिए भने सोलगत्तै पौडेलले पनि छुट्टै पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
पौडेलको पत्रकार सम्मेलनमा धनराज गुरुङ, गगन थापा, कल्याण गुरुङ, रामशरण महतलगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण