यस्तो छ ‘गाउँ आएको बाटो’को गीत ‘राई माइला’
काठमाडौँ । नवीन सुब्बाको निर्देशनमा कमव्याक फिल्म ‘गाउँ आएको बाटो’को ‘राई माइला’ बोलको गीत सार्वजनिक भएको छ । श्रवण मुकारुङको शब्द, कालीप्रसाद बास्कोटाको संगीत रहेको गीतमा सुनिता थेगिमको स्वर छ ।
गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । गीतले फिल्मको कथा सार बुझाउन खोजेको हो ।
फिल्म बाबुछोरोको कथामा निर्माण भएको हो । बाबुछोराको स्नेही सम्बन्ध र खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । योसँगै छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर फिल्मको कथा घुमेको निर्माण पक्षले जनाएको छ ।
आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ । ‘नुमाफुङ’ बनाएर प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो फिल्म हो । उनले यसअघि ‘गुडबाई काठमाडौं’ बनाएका थिए ।
मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्मको निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । फिल्म्को पटकथा निर्देशनमा सुब्बाले महेश राईसँग सहकार्य गरेका छन् ।
फिल्मको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ, भने कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण