गृहमन्त्री लामिछानेको निजी सचिवालयले भन्यो– कास्की प्रहरीमा परेको ठाडो निवेदन हो
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निजी सचिवालयले जिल्ला प्रहरी कार्यालय, कास्कीमा लामिछानेविरुद्ध ठाडो निवेदन परेको स्वीकार गरेको छ ।
रातोपाटीमा सोमबार प्रकाशित ‘सर्वोच्चले झिकाएको जाहेरीमा पहिलो नम्बरमै छ गृहमन्त्री लामिछानेको नाम’ शीर्षकको समाचारको खण्डन गर्दै निजी सचिवालयले प्रेषित गरेको पत्रमा भनिएको छ–'आधार र कारण बिना बुझाइएको ठाडो निवेदन, जुन दर्ता योग्यसमेत नरहेको भन्दै प्रहरीले प्रक्रियामा पनि लगेको छैन, त्यसैलाई किर्ते गरी जाहेरी भन्दै समाचारकै विषय बनाइएको प्रति गम्भीर आपत्ति छ ।’
निजी सचिवालयले खण्डन गरे पनि रवि स्वयमले रातोपाटीको समाचारबारे केही प्रतिक्रिया जनाएका छैनन् । कास्की प्रहरीका प्रमुख (एसपी) मोहन कुमार थापाले आफू बैठकमा रहेको भनी यस विषयमा कुरा गर्न चाहेनन् ।
निजी सचिवालयले पठाएको खण्डनको प्रति यस्तो छ

२०८० माघ २२ गते रविसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्य दर्शन सहकारी पीडितहरूले प्रहरीमा जाहेरी बुझाएका थिए । प्रहरीले पूरक जाहेरी पुरानै जाहेरीको अङ्ग हुने भएकाले दर्ता गरिरहनु नपर्ने तर्क गरेको थियो । यद्यपि पीडितहरूले बुझाएको पूरक जाहेरीमाथि प्रहरीले अझैसम्म छानबिन गर्ने आँट गरेको छैन । पूरक जाहेरी एसपी थापाले नै बुझेका थिए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण