रवि लामिछाने र दीपेश पुनमाथि अनुसन्धान गर्न सूर्यदर्शन पीडितको उजुरी

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले रवि लामिछाने र दीपेश पुन विरुद्ध पनि अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका छन् । पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पुन पनि संलग्न रहेको पीडितको जिकिर छ ।
रवि लामिछाने पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । दीपेश पुन माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेता हुन् । २५ जना पीडितले थप एउटा जाहेरी ल्याएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए । उनले भने, ‘यसअघि नै १ हजार ७६ जाहेरी दर्ता भैसकेको छ, थप आएको जाहेरी दर्ता गर्नुपर्ने अवस्था छैन ।’
पूरक जाहेरी थप अनुसन्धान गर्न ‘सूचना’ हुने एसपी थापाले बताए । पीडितहरूले लामिछाने र पुनसहित थप १५ वटा कम्पनीबारे पनि अनुसन्धान गर्नुपर्ने जाहेरीमा उल्लेख गरेका छन् । बचतकर्ताको पैसा ती कम्पनीमा लगानी गरेको पीडितको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पौडेलले भेटे प्रचण्डलाई, आगामी बजेटबारे छलफल
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त